सुनसरी
/ गोरु काटेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले दुई जनालाई
पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार
राई रहेका छन् ।
शनिबार
राति बराहक्षेत्र- ७ बुद्धचोकमा गोरु काटेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी
कार्यालय महेन्द्रनगरबाट परिचालन गरिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो
।
स्थानीय
चन्द्रबहादुर तामाङको घर पछाडि मासु काटिरहेको अवस्थामा फेला परेका उनीहरुमाथि
पशुपंक्षीसम्बन्धी कसुर मुद्धामा पक्राउ गरिएको र घटना बारे थप अनुसन्धान भइरहेको
सुनसरी प्रहरीले जानकारी दिएको छ ।