सुनसरी / काठमाडौंको गौशालाबाट एसिड प्रहारका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका३ बस्ने ३० वर्षीय रोमनराम धामी रहेका छन् ।

रोमनराम साउन २२ गते राति श्यामकुमारी धामीलाई एसिड प्रहार गरि फरार भएको सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

चुरोटको विषयमा विवाद हुँदा छिमेकीकोमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने गर्दा एसिड छिमेकी श्यामकुमारीलाई लागेको थियो ।

घटनाक्रममा छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका छन् ।

गम्भिर घाइते भएकी श्यामकुमारीको विराटनगर स्थित म्याक्स अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।