बिर्तामोड / कोरोना संक्रमण रोकथामका लागि जापानको अन्य चार क्षेत्रमा पनि स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

कोभिड –१९ संक्रमण तिव्र गतिमा फैलिए पछि जापानको  चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल घोषणा गरिएको हो । यसअघि  राजधानी टोकियो र ओकिनावामा स्वास्थ्य संकटकाल घोषण गरिएको थियो ।

सङ्कटकाल यही अगस्ट ३१ सम्म लागू हुने सरकारी अधिकारीहरूले जनाएका छन् । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्ट ३१ सम्मका लागि थप गरिएको छ ।

जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको बताइएको छ ।