इटहरी / इटहरीमा अमेरिकन
सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसी) विरुद्ध मोटरसाइकल तथा कार
र्याली सम्पन्न भएको छ ।
एमसिसीको विरोध
गर्दै मोटरसाईकल तथा कार र्याली इटहरी बजार परिक्रमा गरी विराटनगर पुगेर कोणसभामा
परिणत भएको शिव सेना सुनसरीका अध्यक्ष हिरा आचार्यले जनकारी दिएका छन् ।
सभामा बोल्दै पुर्व
राजा ज्ञानेन्द्र शासनकालका पुर्व मन्त्री राम कुमार सुब्बाले एमसिसी नेपाली
जनताको नाममा पुर्ण रुपले राष्ट्रघाती हुने सक्ने भएकोले यसलाई षड्यन्त्र गरेर
पारित गर्नु नहुने बताएका छन् ।
पुर्व मन्त्री
सुब्बाले सवै नागरिक एकमत हुनु पर्नेमा जोड दिदै एमसिसी खारेजीको माग समेत गरेका
छन् ।