बिर्तामोड / भारतीय सिमा सुरक्षा बल एसएसबीको ज्यादतीका कारण महाकाली नदीमा एक नेपाली बेपत्ता भएको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘इन्डियन पुलिस सर्भिस’ (आईपीएस) अफिसरहरूलाई निर्देशन दिँदै छिमेकी मुलुकसँग असल व्यवहार गर्न निर्देशन दिएका छन् ।
भारतीय सुरक्षाकर्मीले ज्यादती र हत्या जारी राखेको भन्दै नेपालमा यो विषय राष्ट्रिय मुद्दा बनेकै समयमा मोदीको यो भनाई सार्वजनिक भएको हो । मोदीले सो क्रममा नेपाल ,भुटान , माल्दिभ्स र मौरिसस असल छिमेकी भएको भन्दै छिमेकी मुलुकका नागरिकसँग सोही अनुसारको व्यवहार गर्न निर्देशन दिएका हुन् ।
छिमेकी मुलुक सुख, दुःखका साथी भएको बताउँदै मोदीले भने – ‘ हामी (भारत) उनीहरूका छिमेकी मात्र होइनौँ, हाम्रो सोच र सामाजिक तौरतरिकामा पनि धेरै समानता छन । हामी सबै सुख, दुःखका साथी हौँ। जब कुनै विपत्ति आउँछ, सबैभन्दा पहिले हामी एकअर्कालाई मद्दत गर्छौँ।’