धरान / धरानमा छिमेकीको मलामी गएकी एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा धरान ५ तल्लो देउरालीकी ६० वर्षीया मनमाया आङ्बुहाङ लिम्बु हुन् ।

छिमेकीको मृत्युपछि इटहरीस्थित बूढी खोलामा मलामी गएकी उनी चार दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

OM Sai Pathibhara Hospital

मलामी गएको बेला खोलामै आमासँग भेट भएर कुराकानीसमेत भएको र त्यसपछि परिवारको सम्पर्कमा नआएको जेठा छोरा डम्बर लिम्बु (कालु)ले जानकारी दिएका छन् ।

बेपत्ता भएकी महिलाले मलामी पुगेको १०- १५ मिनेटमा सँगै गएको साथीहरूलाई 'म घर फर्के है' भनी हिँडेको तर, अहिलेसम्म सम्पर्कमा नआएको परिवारको भनाई छ ।

मलामी गएको दिन साँझसम्म घर नआएपछि परिवारले साथीभाइ र आफन्तकोमा खोजतलास गरेको थियो । उनको परिवारले सुनसरी, मोरङ र झापा समेत पुगेर विभिन्न स्थानमा खोजी जारी राखेको र प्रहरीमा पनि जानकारी गराएको जनाएको छ ।

आङबुहाङका श्रीमान मानबहादुर सेरेङ चोङवाङले श्रीमतीलाई भेटेमा ९८४४५५९३८९ मा फोन गरिदिन वा प्रहरीमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।