गण्डकी / कोरोना महामारीबीच कास्कीको माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय
भवन निर्माण कार्य तीव्र भएको छ ।
आवश्यक स्वास्थ्य
मापदण्ड अपनाएर हालसम्म ७५
प्रतिशत भवनको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका सव–इञ्जिनीयर राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
विसं २०७८ फागुन
१६ गतेसम्ममा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी नयाँ बाटो/जिएस इञ्जिीनियरिङ जेभीसँग गत वर्षको भदौ १५ गते ठेक्का सम्झौता भएको थियो ।
कूल ६ करोड ६२ लाख ११ हजार रुपैयाँको लागतमा निर्माण गरिने उक्त भवनमा ३६ कोठा र २०० व्यक्ति क्षमताको एक
हलसहित अन्य दुई बैठक कोठा छन् ।
भवन निर्माणकालागि
चालू आर्थिक वर्षमा जिल्ला समन्वय समितिको मौज्दात कोषको दुई करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था भएको गौतमले जानकारी दिएका छन् ।