धनुषा / गणेशमान चारनाथ नगरपालिका १० बरमझियाबाट हराइरहेकी बालिकाको शव फेला परेको छ । सोमबार विहान घरबाटै हराइरहेकी छ वर्षीया प्रिति यादवको शव आज इनारमा फेला परेको हो ।
उनका बुबा वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिईन् । घरदेखि ५०० मिटर दूरीमा रहेको इनारमा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । ]
शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।