धनुषा / सोमबारदेखि हराइरहेकी बालिका प्रिती यादवको शव फेला परेको छ । गणेशमान चारनाथ
नगरपालिका वडा नम्बर १० को बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरीको शव फेला परेको हो।
घरबाट करिब एक
किलोमिटरको दुरीमा रहेको खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको
अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश
सिग्देलले जानकारी दिएका छन् । सिग्देलका अनुसार उनको शव गलेको अवस्थामा भेटिएको छ ।
सोमबार साँझ ५
बजे पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि आफ्नै घरबाट बालिका बेपत्ता भएकी थिइन्।
बेपत्ता भएकै दिनदेखि उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान ईनार छेउ जाँदा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार यसअघि दुई तीन दिन पहिलेसमेत उक्त इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरेका थिए।
बालिकाको हत्या गरेर कसैले शव इनारमा फालेको हुनसक्ने
स्थानीयको आशंका छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको र शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल
जनकपुरमा राखिएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिएका छन् ।