धनुषा / जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक थुनुवाको मुत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका –२ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रवि दास रहेका छन् ।  

ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका दासको शव शुक्रबार हिरासतको शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेको थियो । शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीको पासो लगाई दासले आत्महत्या गरेको धनुषा प्रहरीको भनाइ छ । 

OM Sai Pathibhara Hospital

ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका दासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानकै लागि हिरासतमा राखिएका दास शौचालयमा पासो लगाएर आत्महत्या गरेको प्रहरीको भनाई छ ।

परिवारजनले दासको हत्या भएको दावी गर्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । दासको एक छोरा र दुई छोरी छन ।