दार्चुला / भारतीय सिमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका–२ मालघाट स्थित महाकाली नदीमा रहेको तुइन काटिदिएको छ । एक नेपाली नागरीक नदी तर्न तुइनमा सवार रहेकै समयमा एसएसबीले तुइन काटिदिएको हो ।

तुइन काटिएपछि सदरमुकाम खलङ्गा जान हिडेका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन्। महाकाली नदी तर्न खोजेपछि एसएसबीले तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले जानकारी गराएका छन् । विवादीत सिमाक्षेत्र पांगलमा रहेका एसएसबीले तुइन काटिदिएको उनले बताएका छन् ।  

OM Sai Pathibhara Hospital

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता रहेको छ ।