नवलपुर / राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढबुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन । कोभिड१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन शुरु भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढबुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

नारायणगढबुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले बर्सातको समयमा पुल निर्माणको काम मात्रै भइरहेको जानकारी दिएका छन्   

नारायणगढबुटवल सडक विस्तार आयोजना खण्ड १ प्रमुख रमेशकुमार दिष्टीले दिनहुँजस्तो पानी परिरहेकाले पुल निर्माणबाहेक अन्य काम गर्न नसकिएको बताएका छन्  मनसुनका कारण आवश्यकतानुसार सडक विस्तारमा मजदुर परिचालन गर्न सकिएको छैन”, दिष्टी भन्छन् , “दैनिकजसो पानी परिरहेको कारण मजदुरले पनि काम गर्न नपाउने र ठेकेदारले पनि काम दिन नसक्ने अवस्था छ ।पानी पर्न रोकिने बित्तिकै सडक विस्तारका लागि रुख काट्न पनि जनशक्ति परिचालन गरिने उनले बताएका छन्  

सडक विस्तारको कामको प्रगति आठ प्रतिशत भएको भन्दै दिष्टीले बर्खापछि कामले तीव्रता पाउने बताएका छन्  । पूर्वपश्चिम राजमार्गको बुटवलनारायणगढ सडकखण्ड विस्तारको कामलाई गैँडाकोट दाउन्ने (६५ किमी) सडकलाई खण्ड १तथा दाउन्ने बुटवल (४९ किमी) सडकलाई खण्ड २मा विभाजन गरेर निर्माणको काम भइरहेको छ । ग्लोबल टेन्डरमार्फत रु १६ अर्ब ९९ करोड ५२ लाखमा दुवै खण्डको निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनले पाएर निर्माणको काम अगाडि बढाएको हो ।