कञ्चनपुर / कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी
कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । ९५ पुरुष र २० महिला
कैदी राख्ने क्षमता भएको कारागारमा
हाल २२ महिला र ३८८ पुरुषलाई राखिए पछि
समस्या आएको हो ।
पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी
बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी,
टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ। राति
सुत्नका लागिसमेत कैदीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको
ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने
अवस्था छ ।
कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ
बस्ने कोठा छन् । शौचालय जानका लागि लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु
पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ । कैदीको सङ्ख्या अधिक हँुदा कारागारभित्र
खुट्टा टेक्ने ठाउँसमेत नभएको जेलर मायाकुमारी बस्नेत थापाले जानकारी दिएका छन् । “कारागारको क्षमता भन्दा कैदीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न
निकै चुनौती छ” उनि
भन्छन् , “सबै
भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको
त्रिपाल टाँगेर कैदीलाई राख्नु परेको छ ।”
वर्षौ पहिले निर्माण भएका भवन जीर्ण भएपछि
पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार
गरिएको भए पनि हालसम्म सुनवाइ हुन नसकेको जेलर थापाले जानकारी दिएका छन् ।
“कोरोनाको
सङ्क्रमण बढ्ने खतरा छ” उनि
भन्छन्, “सङ्ख्या अधिक
भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्ण रुपमापालना गर्न सकिएको छैन ।” जोखिम भए पनि कैदीबन्दी कर्मचारी र
सुरक्षाकर्मीमा भने अहिले सङ्क्रमण देखिएको छैन । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य
मुद्दाका कैदीलाई राखिएको छ ।
कारागारमा सबै भन्दा बढी लागुऔषध मुद्दाका कैदी
अधिक छन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय
रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको जानकारी दिएका छन्
। “तत्कालै
कारागारमा रहेका कैदीलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ” उनि भन्छन् , “त्यो समेत हुनसकेको छैन । सम्बन्धित ठाउँमा
अवस्थाबारे जानकारी दिने हो। यसबाहेक यहाँबाट केही गर्न सकिदैन ।”
उनले प्रदेशको सामाजिक विकास र आन्तरिक मामिला
मन्त्रालयलाई नयाँ भवनका लागि आग्रह गरिएको जानकारी दिएका छन् ।