इलाम / इलामको देउमाई नगरपालिका –२ पुङफुङका ८५ वर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ ।
श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईते टेक बहादुरको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घर फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे मृत्यु भएको हो ।
कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडि बढाएको छ ।