बिर्तामोड / कोरोनाको कहर कायम रहेकै समएमा इजरायलले एक हजार नेपाली कामदार माग गरेको छ । 

इजरायलबाट सुसारे (केयरगिभर) का रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग भएको वैदेशिक रोजगार विभागले  जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले अबको एक र डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए ।

OM Sai Pathibhara Hospital

मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट पारे । ‘नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गाह्रो मान्छ कि भन्ने मात्रै हो,’ उनले भने, ‘विदेश जानेलाई खोप आइसकेकाले यति कारणले रोक्दैन भन्ने लागेको छ।’

महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा  पहिलो चरणमा पाँच सय जना मात्रै प्रशिक्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको  बताए । 

नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो ।