धनकुटा / धनकुटामा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका –२ हिलेखर्ककी ५७ वर्षीया टंकमाया पुलामी रहेकी छिन् ।
हिजो दिउँसो साढे ३ बजे बारीमा घाँस काटिरहेको अवस्थामा उनकै बैनी १५ वर्षीया कमला गुरुङले रूख ढाल्दा हाँगाले लागेर टंकमाया गम्भिर घाईते भएकी थिइन् ।
घाइते टंकमायाको सैनिक अस्पताल इटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।