बिर्तामोड / कोरोना संक्रमण अनियन्त्रित बन्दै जाँदा झापामा
पालिकाहरु सिल हुँदै गएका छन् । हालसम्म झापाका बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् ।
आइतबार झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल
गर्ने निर्णय भएको छ ।
त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड
नगरपालिकाले समेत साउन १३ गते राति १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय भएको छ ।
शिवसताक्षी र दमक नगरपालिका भने सोमबार राति १२ बजेबाट सिल
गरिने सबन्धित पालिका स्रोतले बताएका छन् । योसँगै झापाका १५ पालिका मध्ये छ वटा
पालिकाहरुले आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरेका छन् ।