धादिङ / धादिङमा १० दिनदेखि बेपत्ता युवतीको शव घर बाट ३ सय मिटरको दूरीमा फेला परेको छ । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव सडेको अवस्थामा फेला परेको हो ।
जाँचका लागि शव उठाइसकेको गजुरीका डीएसपी युवराज खड्काले बताएका छन् । ‘मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने उनले बताएका हुन् ।