बिर्तामोड / राष्ट्रपति
विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाउने
एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर–६ स्थित बर्मेली टोल बस्ने ३८ वर्षीय सोमप्रसाद घिमिरे
(बिकास) रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका घिमिरेलाई अहिले प्रहरी प्रधान कार्यालय साइवर
ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जानकारी दिएको छ ।
केहि दिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको
अनैतिक भिडियो बनाएर पोष्ट गरेका उनलाई सामाजिक सञ्जालको दुरुपयोग गर्दै
राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक भिडियो बनाएर लाल्छना लगाउने कार्य गरेको
भन्दै मानहानी र साइवर क्राइम अन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।