संखुवासभा /
संखुवासभामा सामान सार्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ . मृत्यु
हुनेमा सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई रहेको जिल्ला
प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ .
शनिबार
दिउँसो साढे २ बजे नवनिर्मित भवनमा चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी
आउदै गर्दा बाटो साधुरो भएको कारण सडकबाट २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर
मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले
जानकारी दिएका छन् ।
घटनाको
जानकारी पाएसँगै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट
परिचालन भएको प्रहरी टोली घटनास्थलमा गई थप अनुसन्धान भईरहेको राईले जानकारी दिएका
छन् ।