बिर्तामोड / झापाको बिर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक महिलाको शव भेटिएको छ।
पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड - ५ मा २५ वर्षीय सृजना बस्नेतको शव भेटिएको हो।
आफन्तको घरमा भाडामा आमासहित बस्दै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बस्नेत बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तोष आचार्यले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
आचार्यका अनुसार उनको हात र पछाडिको भाग धसारिएको छ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.