विराटनगर / कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका इटहरी –२ का ३१ वर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
मिति २०६५ साल पौष १ गते चौधरीको इटहरी –५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।
रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई शनिबार १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।