जनकपुर / सर्लाहीबाट दुई थान इटालियन पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा ब्रहमपुरी
गाउँपालिका–४ भित्रुवन नगर बस्ने २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० बर्षीय
लाली भनिने नुर आलम मन्सुर र १९ बर्षीय इमरान रानाभाट रहेका छन् ।
बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा सबार तीनै जनालाई ब्रहमपुरी गाउँपालिका
२ बाट पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिएका
छन्।
उनका अनुसार पक्राउ परेकाको साथबाट दुई थान इटालियन पेस्तोल, त्यसमा प्रयोग हुने १७
राउण्ड गोली र दुई थान छुट्टै म्यागेजिन फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको
प्रहरीले जानकारी दिएको छ ।