खोटाङ / खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेको बाघेढुङ्गामा नेपाल विद्युत प्राधिकरणको सब-स्टेशन सञ्चालनमा आएको छ ।

स्टेशन ट्रान्सफर्मरले विद्युतिय भार दिन नसकेको अवस्थामा केन्द्रबाट प्राविधिक बोलाएर मर्मत गरेर सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

गाइघाट-दिक्तेल ३३ केभी प्रशारण लाइन अन्तर्गत वर्षौँअघि निर्माण भएको सब-स्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन । बाघेढुङ्गा सब-स्टेशन प्राधिकरणले खोटाङमा निर्माण गरेको दोश्रो सब-स्टेशन हो ।

बाघेढुङ्गा सब-स्टेशनको सिमपानी-लिच्कीराम्चे फिडरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका तथा साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाको केही गाउँमा विद्युत वितरण हुने प्राधिकरणले जनाएको छ । 

यसअघि बुईपा सब-स्टेशनबाट राजापानी फिडर हुँदै यी गाउँपालिकामा बिजुली बल्ने गरेको थियो। उदयपुरको गाईघाटबाट खोटाङको बुईपा सब-स्टेशनसम्म ३३ केभी प्रसारण लाइन प्रवाह हुने गरेको छ ।