काठमाडौं / निमोनिया र फोक्सोको इन्फेक्सनका कारण अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन भएको छ ।

थापालाई तीन साता अगाडि कोरोना संक्रमण भएको थियो ।उनी कोरोना जितेर घर र्फकेका थिए । तर, निमोनिया र फोक्सोको इन्फेक्सनका कारण उनको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा थापा आर्थिक सल्लाहकार थिए । नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक थापाले अर्थ मन्त्रालयमा ६ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा योगदान गरेका छन् ।

दश वर्षअघि एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएका अर्थशास्त्री थापा नेपाल वायुसेवा निगमको अध्यक्षसमेत भएका थिए ।