बाँके /  बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १र१ जना बाँके र कैलालीका छन् ।

OM Sai Pathibhara Hospital

भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका –२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको छ ।

यस्तै टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका –१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।