बिर्तामोड / आज देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र  १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन  ३ हजार ७०२  जना र एन्टीजेटमाफर्त ६६७ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

देशभर एक लाख ८ हजार ८९७  जना संक्रमित रहेका छन् । तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार २०५ जना संक्रमित निको भएका छन्।