विराटनगर / यहाँ स्थित औषधि व्यवस्था विभागले अनुगमनलाई तिव्रता दिएपछि फार्मेसी बन्द गरेर संचालकहरु भाग्न थालेका छन् । लाईसेन्स किनेर फार्मेसी संचालन गर्दै आएकाहरुका कारण विरामी समस्यामा परेको र ठगिएको गुनासो बढेपछि विभागले अनुगमनलाई तिव्रता दिएको हो ।

पूर्वका मुख्य शहर विराटनगर , धरान ,दमक , इटहरी , विर्तामोड , भद्रपुर र इनरुवा लगायतका शहरमा संचालित अधिकांश फार्मेसी अन्यकै लाईसेन्स प्रयोग गरी संचालन भईरहेको भनेर विभागलाई जानकारी हुँदा समेत विभागले अनुगमन र कारवाहीमा उदासीनता देखाउँदै आएको थियो ।

OM Sai Pathibhara Hospital

पछिल्लो समयमा विभागको जिम्मेवारी पाएका सञ्जीव कट्टेलले भने विगतमा विभागमा आएका उजुरी र गुनासोलाई हेरेर अनुगमन र कारवाहीलाई तिव्र बनाएपछि गुणस्तरहीन औषधी तथा औषधीजन्य सामाग्रीको कारोवार गर्दै आएका अनि अर्काको लाईसेन्स प्रयोग गरी गैरकानुनी रुपमा संचालनमा रहेका फार्मेसी संचालकहरु फार्मेसी बन्द गरेर भाग्न थालेका छन् ।

विगत दुई साता यता सकृय बनेको विभागले सोमबार विराटनगर महानगरपालीका क्षेत्रभित्रको अनुगमनका क्रममा अर्कैको लाइसेन्स प्रयोग गरी संचालनमा रहेका विराटनगर ९ अस्पताल चौक क्षेत्रका दुई फार्मेसीमा सोमबार शिलबन्दी गरेको छ ।

विभागको अनुगमन टोली आएको थाहा पाएर एक फार्मेसी संचालक भने फार्मेसी बन्द गरेर फरार भएका छन् । विभागको  टोलीले सोमबार टाइम्स फर्मा र रियाङ्शी मेडिको शिलबन्दी गरेको छ ।

विभागका निमित्त प्रमुख सञ्जीव कट्टेलले अर्कै व्यक्तिको लाइसेन्समा रहेको फार्मेसी अर्कै व्यक्तिले सञ्चालन गरेको भेटिएपछि ती फार्मेसी बन्द गरेर कानुनी कारवाही अघि वढाइएको बताएका छन् । उनले बोर्ड नराखिएको एउटा फार्मेसीका सञ्चालक भने आफु नेतृत्वको टोलीलाई देखेर फार्मेसी  बन्द गरेर फरार भएको उनले जानकारी समेत गराएका छन् ।

कट्टेलले लाइसेन्सप्राप्त व्यक्तिबाहेकका व्यक्तिले  औषधि दिंदा विरामीको ज्यान नै खतरामा पर्न सक्ने भएकाले अर्काको लाईसेन्स लिएर संचालनमा रहेका फार्मेसी माथि कारवाही थालिएको बताएका छन् ।