मोरङ / औषधी उत्पादक कम्पनीहरुले चिकित्सकलाई नमुनाको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधीमा नक्कली लेवल राखेर बिक्री गर्ने गरेको खुलेको छ । 

विराटनगर–१५ भट्टीचौक स्थित रबि मेडिकोका संचालक ३६ वर्षिय रबि रजकले फिजिसियन सेम्पल भण्डार गरी अवैध रुपमा त्यसको कारोवार गर्ने गरेको खुलेपछि औषधी व्यवस्था विभागले प्रहरीको सहयोगमा छामा मारी औषधी बरामद गरेको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय मोरङ र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले रजकको घरमा भण्डारण गरिएको ४६ कार्टुन औषधी  बरामद गरेपछि फिजिसियन सेम्पलको पनि अवैध रुपमा कारोवार हुने गरेको पुष्टि भएको हो । 

प्रहरीले रजकको घरबाट विभीन्न कम्पनीका फिजिसियन सेम्पक औषधी र विभिन्न कम्पनीको नक्कली लेबल पनि बरामद गरेको छ । पक्राउ परेका रजकको विराटनगरमा करिव एक दर्जन फार्मेसी रहेको बताईएको छ । 

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले रजकको काम अवैधानिक भएकाले छापा मारीएको बताएका छन् । उनले भने  ‘रजकको घरदेखि बरामद गरिएको औषधीको बिलबिजक  छैन । यसरी ठूलो परिमाणमा बिलबिजक बिना फिजिसियन औषधी संचय गरेर राखिनु गैरकानुनी हो,’ 

पक्राउ परेका रजकले फिजिसयन सेम्पल औषधीमा अर्को कम्पनीको लेबल राखेर  बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

रजक पक्राउको पुष्टि गर्दै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले  रजकको घरबाट फिसिजियन सेम्पल औषधीदेखि विभिन्न कम्पनीको स्टिगर र लेबल  बरामद भएको जानकारी गराएका छन् । उनले रजकको घरबाट विभीन्न कम्पनीका पाँच काटुर्न स्टिकर र लेबल पनि बरामद भएको बताएका छन् ।

प्रहरीले रजकको घरबाट विभिन्न बैंकको १ सय ७० वटा एटिएम कार्ड पनि बरामद गरेको छ । पक्राउ परेका रजक माथि प्रहरी र औषधी व्यवस्था विभागले छुटा–छुट्टै मुद्दा चलाउने तयारी गरेका छन् ।