काठमाडौं /पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ। जसमध्ये १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन्। 

OM Sai Pathibhara Hospital

गत २४ घण्टामा ६ हजार ८० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ। उक्त अवधिमा ११६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ। देशभर हाल ८९१ जना क्वारेन्टाइनमा छन्।