बिर्तामोड / कोरोना संक्रमणका कारण गम्भिर विरामी परेका विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारमा लाग्ने सम्पुर्ण खर्च झापाको बिर्तामोड स्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजले ब्यहोर्ने घोषणा गरेको छ ।

संक्रमणका कारण गम्भिर विरामी परेका थापाको उपचारमा आर्थिक अभावका कारण समस्या भएको सार्वजनिक भए लगत्तै विवादास्पद व्यक्तिका रुपमा चिनिएका कलेजका संचालक दुर्गा प्रसाईले विज्ञप्ति जारी गरी थापाको सम्पुर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

संक्रमणका कारण गम्भिर विरामी भएका थापाको हाल काठमाण्डौ स्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ । संक्रमणसँगै निमोनिया भएका थापाको उपचारमा ठुलो धनरासी खर्च हुने अवस्था आएपछि सो पार्टीले सार्वजनिक रुपमा उपचारमा सहयोग जुटाउन थालेपछि प्रसाईले सहयोग गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो समयमा मेडिकल कलेज संचालनको अनुमतिका विषयमा डा. गोविन्द केसीका सहयोगी सँगको विवादास्पद अभिव्यक्तिमा मुछिएका प्रसाई नेकपा एमालेको ओली समुह निकटका व्यवसायी हुन् ।

189668688_320123899494482_828369698353812143_n_JoAmsfo2du