मोरङ / खोप आयातको विषयमा आलोचित बनेको सरकार सम्वद्ध दल नेकपा एमालेको ओली समुहले विराटनगरमा गोप्य रुपमा आफ्नो दल निकटका उध्योगी र कार्यकर्तालाई मात्रै छानेर खोप लगाउन थालेको खुलासा भएको छ । 

खोप नपाएर जनता मृत्युसँग लडिरहेको समयमा ओली समुहको प्रदेश सरकारको नाममा आफ्नो दल निकटका उध्योगी र कार्यकर्तालाई खोप लगाएको खुलेपछि विराटनगरमा तनाव उत्पन्न भएको छ । ओली समुहकी नेता एवं प्रदेश एककी सामाजिक विकास मन्त्री  उषाकला राईको आदेशमा आफ्नो समुह निकटका लाई मात्रै  विराटनगरको तिनपैनी स्थित सिटी सिनेमा हलमा बोलाएर खोप दिएको खुलेपछि स्थानियले प्रतिरोध गरेका छन् । 

OM Sai Pathibhara Hospital

एमालेको ओली समुह निकट करिब ३ सय जनालाई खोप लगाउने तयारी गरीएको भएपनि स्थानियको अवरोधका कारण खोप लगाउने कार्यक्रम बिथोलीएको थियो । ओली समुहका कार्यकर्ता परिचालन गरी सिनेमा हलको गेटमा ताला लगाएर आफ्ना मान्छे मात्रै भित्र राखेर खोप लगाउँदै गरेको सुईको पाएपछि स्थानियले प्रतिरोध गरेका थिए ।  

जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालीका समेतलाई सुचना नदिई गोप्य रुपमा खोप कार्यक्रम भईरहेको सुचना नगर क्षेत्रमा फैलिएपछि स्थानियले प्रतिरोध गरेका थिए । 

गोप्यरुपमा आयोजित खोप कार्यक्रमका विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयले सिटी सिनेमामा खोप दिन जानु भन्ने मन्त्रीको निर्देशन आएपछि १५० जनालाई खोप दिएको जानकारी गराएको छ ।  

प्रदेश सरकार र ओली समुहको मिलेमतोमा आफ्नो दल निकट उध्योगी अनि व्यवसायीलाई खोप लगाउन खोजेपछि प्रतिरोध गरेको स्थानियले बताएका छन् । स्थानियको अवरोध भएपछि प्रहरीको कडा सुरक्षाको विचमा खोप बोक्ने गाडी र कर्मचारीलाई  फिर्ता पठाईएको थियो ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले खोप कार्यक्रमका विषयमा आफु अनि महानगर अनविज्ञ रहेको वताएका छन् । 

खोप कार्यक्रमका विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले पनि अनविज्ञता प्रकट गरेका छन् । उनले खोप लगाएको स्थानमा विवाद भएको विषय जानकारीमा आएपछि मात्रौ आफुलाई खोप कार्यक्रमको विषय जानकारी भएको वताएका छन् ।  उनले जिल्लामा खोप कार्यक्रमको संयोजक आफु भएपनि यो विषयमा केहि पनि आफुलाई जानकारी नरहेको र प्रदेश सरकारले पनि जानकारी नगराएको वताएका छन् ।