बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर र ७९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

गत २४ घण्टामा ९ हजार ८ सय ४१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ। उक्त अवधिमा ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। देशभर हाल ८०९ जना क्वारेन्टाइनमा छन्।