विराटनगर / कोशी अञ्चल अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा विद्युत आपूर्ति अवरुद्ध हुँदा केन्द्रमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको छ ।

बिहीबारको  हावाहुरी र बर्षाका कारण विधुत अवरुद्ध भएपछि उपचारमा प्रयोग गरिएका मेडिकल उपकरणहरु नचल्दा केन्द्रमा उपचाररत छ कोरोना संक्रमितको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेकाले उनीहरुको मृत्यु भएको दावी गर्दै विधुत अवरुद्धका कारण मृत्यु भएको अस्विकार गरेको छ । विद्युत अवरुद्ध हुँदा उपचारमा आएको समस्याका कारण बिहीबार ३ जना र शुक्रबार बिहान ३ जना गरि केन्द्रमा ६ जना संक्रमितको मृत्यु भएको त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले जानकारी गराएका छन् ।

विद्युत अवरुद्ध हुँदा मृत्यु भएको अस्विकार गर्दै केन्द्रले ‘बिहीबार राती ट्रान्सफर्मरमा समस्या आएको भने स्विकार गरेको छ । विधुत कटेपछि स्वतः ट्रान्सफर्मर चल्ने गरेको भएपनि विहीबार भने लाईन जाँदा मान्छे प्रयोग गरेर विद्युत सुचारु गर्नु परेको केन्द्रमा कार्यरत कर्मचारीले जानकारी गराएका छन् ।