बिर्तामोड / संसदीय समितिले सुपारी आयात गर्न सेटिङमा ५ फर्मलाई दिएको आयात अनुमतिका विषयमा छानविन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ । 

मिलेमतोमा प्रधानमन्त्री केपी शर्मा ओली , उध्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको मिलेमतोमा अर्वौ रुपैंया कमाउने गरी नितिगत भ्रष्टाचार भएको भन्दै सर्वत्र आलोचना भएपछि सो विषयमा छानविन गर्न संसदिय समिति गठन भएको हो । 

OM Sai Pathibhara Hospital

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । 

मिलेमतो र सेटिङमा नजिकका उध्योगी र व्यापारीलाई सरकारले कोटामा दिने भनेको २५ हजार मेट्रिक टन सुपारी आयातको अनुमति दिएको विषयमा सर्वत्र आलोचना भएपछि सो विषयमा छानविन गर्न संसदिय समितिमा सांसदहरुले कुरा उठाएपछि उपसमिति गठन भएको वताईएको छ । 

छानविन समितिका संयोजक रमेशजंग रायमाझीले आयात अनुमतिका लागि ३ सय ८४ वटा फार्मले निवेदन दिएको भएपनि सरकारसँग निकट रहेका व्यवसायीलाई मात्रै अनुमति दिएर नितिगत भ्रष्टाचार गरेको पनि आशंका गरेका छन् । उनले नेपालमा खपत गर्न ल्याएको नभई सुपारी भारत निर्यात गर्ने गरी आयात गर्न आगिएकोमा असन्तुष्टि समेत गरेका छन् । भारत निर्यात गर्न दिदाँ प्रति केजी १ सय ५० रुपैंया सम्म मुनाफा हुने भएकाले माग भन्दा बेसी आयात अनुमति दिएको उनले जिकीर समेत गरेका छन् । 

समितिका सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनिएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गर्न सरकारलाई निर्र्देशन दिने निर्णय पनि गरेको जानकारी गराएका छन्  । सुपारी आयातका लागि दिइएको अनुमतिका विषयमा बुझ्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सुपारी आयात अनुमतिको विषयलाई लिएर चर्को आलोचना भएपछि मन्त्रालयले केहि दिनका लागि कोटा स्थगन गरेको सुचना जारी गरी जनाएको थियो । तर मन्त्रालयले स्थगन अगावै अनुमति पाएका ५ फर्मलाई दिएको अनुमतिका विषयमा भने मौनता साँधेको छ । 

झापाको तान्वी ट्रेडर्स र श्यामजी सप्लायर्स एण्ड ट्रेडर्सले कोटा निर्धारण गर्नु अघि नै एलसी खोलिसकेको देखिन्छ।कोलकाता बन्दरगाहले सार्वजनिक गरेको सामानको म्यानिफेस्टोमा तान्वी र श्यामजीले ल्याउन लागेको सुपारीको सूची रहेको छ । विभागमा सबैभन्दा पहिला आवेदन हाल्ने कम्पनी तान्वी र श्यामजी नै छन्। तान्वीले ४ हजार र श्यामजीले ६ हजार टन सुपारी आयात गर्नका लागि आवेदन हालेका छन्। दुवै कम्पनी प्रख्यात प्रान जुसका कारोवारी झापाली व्यवसायी गोविन्द सरिया निकट व्यवसायीका फर्म हुन् ।  विभागले आयात अनुमति दिएको विषयलाई पनि अत्यन्तै गोप्य राखेको छ । विभागका प्रवक्ता समेत सो विषयमा बोल्न नै चाहँदैनन् ।

झापा बिर्तामोडकै प्रदीप मित्तलले १० हजार मेट्रिक टन आयात गर्ने अनुमति पाएका छन्। विराटनगरमा प्रदीपकुमार मुरारका र दिनेश राठीले २ हजार ५ सय मेट्रिक टनका दरले आयात गर्ने अनुमति पाएका छन्। मित्तल, सरिया, मुरारका र राठी सौर्य एयर संचालक समेत रहेका सत्ता निकट मानिएका व्यवसायी  दीपक पोखरेल निकट मानिन्छन् । कोटाको २५ हजारमध्ये २० हजार टन आयात अनुमति पोखरेल निकट व्यवसायीले मात्रै पाएको कारोवारमा संलग्न व्यवसायीको भनाई  छ। बाँकी ५ हजार मेट्रिक टन कोटा सुभाष संघइ सञ्चालक रहेको त्रिवेणी समूहले पाएको विभाग स्रोतले जानकारी गराएको छ ।