बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) चालू आर्थिक वर्ष (आव) २०७७र७८ मा सरकारले अनुमान गरेको भन्दा ४ दशमलव ३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

साउथ एशिया इकोनोमिक फोकस स् साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो ।

OM Sai Pathibhara Hospital

सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरे पनि विश्व बैंकको नयाँ रिपोर्टले चालू वर्षमा २ दशमलव ७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा विश्व बैंकले अहिले संशोधन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आवमा २०७८र७९ मा भने ३ दशमलव ९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०७९र८० सम्म ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि प्राप्त हुने विश्व बैंकको पूर्वानुमान छ ।

नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीहरूले पठाउने विप्रेषण मुख्य कारण मानिएको छ ।

विश्वभर महामारी तीव्र रूपमा फैलिरहेको समयमा पनि नेपालमा विप्रेषण भित्रिने क्रम रोकिएको थिएन । यसबीचमा खोप अभियानसमेत नेपालमा प्रभावकारी रूपमा अगाडि बढेको विश्व बैंकको ठहर छ । यसले समेत आर्थिक गतिविधिमा वृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ । नेपालसहित बंगलादेश, पाकिस्तान लगायतको आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमानबाट देखिन्छ ।

नेपालको आर्थिक वृद्धिदर सुधार हुने संकेत देखिए पनि चुनौती भने अझै कायमै रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक गतिविधिहरू पूर्णरूपमा सञ्चालनमा आउन नसक्नु, कोभिडका कारण ठूलो संख्यामा रोजगारी गुम्नु, सेवा क्षेत्रमा अहिले पनि अन्योल र अवरोध कायम रहनुजस्ता कारणले अनुमान गरिएको वृद्धिदर पहिल्याउन चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कोभिडले पर्यटन क्षेत्रलाई नराम्रोसँग असर गरेको आकलन गर्दै विश्व बैंकले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको जोखिम कायमै रहने बताएको छ ।

विश्व बैंकले गत जनवरीमा चालू वर्षमा २ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने पूर्वानुमान गरेको थियो । त्यसअघि सन् २०२० को अक्टोबरमा पनि बैंकले १ दशमलव ४ प्रतिशत नै आर्थिक वृद्धिदर प्राप्त हुने बताएको थियो ।

दक्षिण एशियामा सन् २०२१ मा आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै सन् २०२२ मा ४।४ प्रतिशत वृद्धि प्राप्त हुने उसले बताएको छ । सन् २०२० मा यस क्षेत्रको आर्थिक वृद्धिदर ऐतिहासिक रूपमा न्यून विन्दुमा पुगे पनि अहिले भने अर्थतन्त्रहरू चलायमान हुन थालेको विश्व बैंकले बताएको छ । यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुमा विद्युत् उपभोग बढ्नु र यातायात क्षेत्रले काम गरेको उल्लेख गरिएको छ ।