बिर्तामोड। गर्भावस्थामा पायल्सको समस्या हुनु आम हो । गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै । कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ ।

गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिन्छन् । कहिले काहीँ आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ । गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ । शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ । कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ ।

OM Sai Pathibhara Hospital

पायल्सबाट बच्ने उपाय

  • शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ । नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने ।
  • चिया वा क्याफिनको सेवन नगर्ने ।
  • फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।
  • पर्याप्त मात्रामा फल र सब्जी खाने ।
  • तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।
  • नियमित व्यायाम गर्ने ।
  • जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।
  • दिसा गर्दा जबरजस्ती वा बल नगर्ने ।

यी प्राकृतिक उपाय हुन् । यदि यी सबै विधी अपनाउँदा पनि कब्जियत भइरहेमा वा पायल्सको संभावना भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । अक्सर महिलाहरु गर्भवती भएपछि आरम गर्छन् ।

गर्भको बच्चालाई केही होला कि भनेर शारीरिक रुपमा सक्रिय हुँदैनन् । यद्यपी गर्भावस्थामा पनि शारीरिक सक्रियता जरुरी हुन्छ । यदि पेटमा बच्चाको स्थिती सही छ भने कब्जियतको समस्या हुँदैन ।

त्यसैले महिलाहरु स्थिर अवस्थामा रहनु हुँदैन । लामो समयसम्म उठिरहने, वा लामो समय बसिरहने नगरौं । यताउता हिँड्ने, बस्ने, उठ्ने गर्नुपर्छ ।