बिर्तामोड / मौसम जाडो होस् या गर्मी केही व्यक्तिलाई ड्राई स्कीन अर्थात् छाला सुख्खा हुने समस्याले सताईरहन्छ। अझ चिसो मौसममा नुहाएपछि छाला झनै फुट्ने र सुख्खा हुने गर्छ। 

साबुनको धेरै प्रयोग, तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुन्छ। कुनै बेला पोषणको कमी, प्रदुषण र धूलो धूँवाका कारण पनि छाला रुखो हुन सक्छ। सुख्खा छालाई नरम बनाउने बजारमा विभिन्न स्कीन केयर प्रडक्टर्स पाईन्छ। तर ती स्कीन केयर प्रडक्टर्सले पनि सुख्खा छालालाई नरम नबनाउन सक्छ। यस्तोमा आयुर्वेदको सहारा पनि लिन सकिन्छ। 

OM Sai Pathibhara Hospital

आयुर्वेदमा केही यस्ता सहज उपायहरु छन्, जसले छालालाई भित्रबाटै पोषण दिन्छ। यसले छालाको सुख्खापनको समस्याबाट छुट्कारा दिन्छ। फलफूलबाट तयार गरिएका पेस्टहरु लगाउनाले छाला स्वस्थ हुने गर्छ। घरमै उपलब्ध विभिन्न सामग्रीहरुबाट पनि होममेड फेस मास्क बनाउन सकिन्छ। यी होममेड फेस मास्कले सुख्खा छालालाई नरम र चिल्लो बनाउन मद्दत गर्दछ। 

केरा र महको फेस मास्क

केरा र मह छालाको लागि निकै राम्रो मानिन्छ। यसको प्रयोगबाट छाला भित्रदेखि नै स्वस्थ हुन्छ। केरालाई मिचेर त्यसमा एक चम्चा मह मिसाई पेस्ट बनाउने। यो पेस्टलाई २० मिनेटसम्म अनुहारमा लगाउनुपर्छ। २० मिनेटपछि सफा पानीले अनुहार धुने। यसले सुख्खापनको समस्याबाट बचाउँछ नै अनुहारमा चमक पनि ल्याउन मद्दत गर्दछ।

चन्दनको पेस्ट

चन्दनमा प्राकृति रुपमा एक किसिमको तेल पाईन्छ, जुन ड्राई स्त्रिकनको समस्यालाई टाढा भगाउँछ। चन्दनको प्रयोग विशेषगरी जाडो मौसममा गर्न उपयुक्त हुन्छ। एक चम्चा चन्दनमा थोरै गुलाबजल राखेर पेस्ट बनाउनुपर्छ। यो पेस्टलाई अनुहारमा राम्रोसँग लगाएर छोड्ने। यसले अनुहारमा भएको मृत छाला निस्कन्छ र छाला सुख्खा पनि देखिदैन।

सयपत्री फूलको पेस्ट

सयपत्री फूल तिहारको समयमा हाम्रो घर आँगनमा सजिलै पाउन सकिन्छ। सयपत्रीको फूलमा फ्लेवेनाएड हुनुका साथै छालालाई आवश्यक पर्ने तेल पनि हुने गर्छ। यसले छालालाई स्वस्थ बनाउन मद्दत गर्दछ। यसको मास्क बनाउन सयपत्रीको फूललाई पिसेर पेस्ट बनाउन सकिन्छ। यो पेस्टलाई अनुहारमा लगाएर १५ को लागि छाडिदिने। यसपछि सफा पानीले अनुहार धुनुपर्छ। यसले छाला कोमल बनाउँछ।

मेवाको पेस्ट

मेवा स्वास्थ्यको लागि जति आवश्यक छ, छालाको लागि त्यति नै लाभदायक पनि छ। मेवाको पेस्टले सुख्खापन, च्याउरिपन, बढ्दो उमेरको लक्षण लगायत कयौ छाला सम्बन्धी समस्याबाट छुट्कारा दिन मद्दत गर्दछ। यसमा रहेको भिटामिन ए ले छालामा सुख्खापनको समस्या आउन दिदैन। मेवालाई पेस्ट बनाई अनुहारमा लगाउने र मसाज गर्ने। यसले छालाको सुख्खापनबाट बचाउँछ।