स्वास्थ्य

    Showing 41-50 of 2,137 items.
  • आज विश्व ध्यान दिवस मनाइँदै

    काठमाडौं— आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्द

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 383 पटक पढिएको
  • घर घरमा गएर बिरामी जाँच्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका स्वास्थ्यकर्मी

    रामेछाप— आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले घर घरमा गएर बिरामी जाँच गर्न सुरु गरेको छ ।चिकित्सालयले साप्ताहिक रूपमा घरदैलो स्वास्थ्य शिविर अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरू घर घरमा गएर बिरामीको सामान्य स्वास्थ्य जाँच गरी उपचार गर्नुपर्ने बिरामीलाई चिकित्सालयमा बोलाउन लागेका छन् ।यसरी घरदैलोमा गएर स्वास्थ्य जाँच गर्दा चिकित्सालयले दिने सेवाको बारेमा नागरिकको जानकारी पनि पाउने र रोग लागेका बिरामीहरूले समयमा नै उपचार पाउने भएकाले यो अभियान सञ्चालन गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए । कार्यालयमा बसेर बिरामी कुरिरहनु भन्दा घरमा नै गएर सेवा दिँदा रोगीको पह

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 407 पटक पढिएको
  • ई–सिगरेट चुरोटजत्तिकै हानिकारक, क्यान्सर हुने जोखिमः यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

    काठमाडौं—  पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउँने गरेका छन् । तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ ।क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ । उनले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए ।उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 360 पटक पढिएको
  • मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन

    काठमाडौं— नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको अनलाईन आवेदन खुला गरेको छ । काउन्सिलले बिहीबार सावर्जनिक सुचना जारी गर्दै ७४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलाएको हो ।योग्य व्यक्तिले शुक्रबारदेखि पौष २४ गतेसम्म फारम भर्न सकिने सुचनामा उल्लेख छ । त्यस्तै परिक्षाको मिति माघ १३ देखि १५ गतेसम्म लागि तोकिएको छ । ललितपुरको इन्जिनियरिङ्ग अध्ययन संस्थानमा परिक्षा हुने सुचनामा उल्लेख छ ।अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 371 पटक पढिएको
  • आजदेखि दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन हुँदै

    काठमाडौं— दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा सुरु हुँदै छ । भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरेको उक्त सम्मलेन आजदेखि पुस ४ गतेसम्म सञ्चालन हुने छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पु¥याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्

    • प्रकाशित मितिः पुस २, २०८२
    • 385 पटक पढिएको
  • स्वास्थ्यचौकीलाई उपकरण सहयोग

    काठमाडौँ । ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवद्र्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्यचौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ ।मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित बर्थिङ सेन्टरसहित स्वास्थ्यचौकीलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीका प्रमुख प्रदीपनारायण ठाकुरका अनुसार उपकरण प्राप्त भएसँगै अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । उहाँले भन्नुभयो, “यसअघि अल्ट्रासाउन्ड सुविधा नहुँदा जटिल अवस्था देखिएका गर्भवतीलाई सिरहा प्रादेशिक अस्पताल रेफर गर्नुपर्ने बाध्यता

    • प्रकाशित मितिः पुस १, २०८२
    • 170 पटक पढिएको
  • कोशी प्रदेश सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन

    विराटनगर। कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा  उपयोग  गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन ।  पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी  नहुँदा सेवाग्राहीको  सङ्ख्या वृद्धि हुन नसकेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार आव २०७९/८०, २०८०/८१ र २०८१/८२ को अवधिमा प्रदेशभर ४८ हजार ८२२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । प्रदेशका १४ जिल्लामा यो तथ्याङ्क कम नै हो । तर अधिकारकर्मीका अनुसार महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारप्रतिको सचेतना, सेवा पहुँच र स्वास्थ्य प्रणालीप्रति बढ्दो विश्वासको सङ्केत हो ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 232 पटक पढिएको
  • केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

    काठमाडौं— विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ ।“म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। ।साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 362 पटक पढिएको
  • जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो

    मगु— हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोहि कारण सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ ।मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी घर–घरमै देखिन थालेका छन् । जिल्ला अस्पताल ठिनिमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने गरेका छन् ।जिल्ला अस्पताल मुगुका विशेषज्ञ डाक्टर अभिषेक मिश्रका अनु

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 364 पटक पढिएको
  • बृहत्त स्वास्थ्य शिविर : सेवा लिने पुरुषको सङ्ख्या न्यून

    अत्तरिया। कैलालीमा परिवार व्यवस्थापन सेवा  अन्तर्गत सञ्चालित बृहत्त स्वास्थ्य शिविरमा दुई सय ११ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् । सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो । जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका एक सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिनुभयो ।परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण मिनील्याप

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 200 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा