वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमबीच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उदुघाटन गर्नुभयो । उहाँले नवनिर्मित वडा कार्यालय र स्वास्थ्यचौकी भवनले सेवा प्रवाहमा सहज हुने बताउनुभयो । आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताउनुभयो ।वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिकास्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन र प्रदेशको योजनाअन्तर्गत स्वास्थ्यचौकी भवन निर्माण भएको बताउनुभयो । ती भवन रु एक करोड १० लाखको लागतम
काठमाडौं— सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित उपयुक्त आदेश जारी गर्न माग गर्दै साउन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत १५ भन्दा
काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरु दुव्र्यवहार र हिंसाको शिकार बन्नु परेको रिर्पोट सार्वजनिक भएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले उक्त रिर्पोट सार्वजनिक गरेको हो । नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तरको समयमा महिलाहरुले भोगेका दुव्र्यवहार, हिंसा र अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण गरिएको रिर्पोटमा उल्लेख गरिएको छ ।एफडब्लुएलडीले तथ्य अन्वेषण रिपोर्ट श्रव्य दृश्यको माध्यमबाट सार्वजनिक गरेको थियो । रिपोर्टमा गर्भवती, प्रसव र प्रसवोत्तर अवस्थाका एकतिहाइ भन्दा बढी महिलाहरुले हिंसा
चितवन। सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो । सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ । ”यहाँ भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्प
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। चक्कर लाग्ने र लगातार वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार साँझ काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि डा। भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो अर्थात् सन्तुलन प्रणालीसँग सम्बन्धित चक्कर आउने समस्याको लक्षण देखिएको बताएका छन्। अन्य स्वास्थ्य परीक्षणको रिपोर्ट भने सामान्य रहेको जनाइएको छ।अस्पताल स्रोतका अनुसार आवश्यक चिकित्सकीय निगरानीमा राखिएका डा। भट्टराईको स्वास्थ्य अव
काठमाडौं । चिकित्सकमाथिको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले थालेको आन्दोलन दोस्रो दिन पनि जारी रहँदा देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा ठप्प भएका छन्। आन्दोलनका कारण नियमित उपचार, ओपीडी, शल्यक्रिया तथा स्वास्थ्य परीक्षण प्रभावित हुँदा सबैभन्दा ठूलो मार बिरामीमाथि परेको छ।नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी सङ्घले दिएको छ।आन्दोलनको असर राजधानीदेखि जिल्ला अस्पतालसम्म देखिएको छ। त्रिभुवन
काठमाडौं— सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने संकेत देखिएको छ ।कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ऐन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएकी छन् भने पशु सेवा विभागले कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ ।सरकारको यो कदमलाई उपभोक्ता स्वास्थ्य सुरक्षासँगै मासु उद्योगको संरचनागत सुधारका रूपमा हेरिएको छ । हाल देशका अधिकांश क्षेत्रमा पशु वध, मासु ढुवानी र बिक्री वितरण परम्परागत ढंगबाट हुँदै आएको छ । ऐन लागू भएपछि वधशाला सञ्चालन, पशुको स्वास्थ्य परीक्षण, मासुको भण्डार
वीरगञ्ज। नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा प्रमोद राममाथि कुटपिट गरेका थिए ।अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा चित्ररञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मङ्गलबार सामूहि
काठमाडौं । देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गराएर सरकारमाथि दबाब बढाएको नेपाल चिकित्सक संघ अहिले आन्दोलनको नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। संघको केन्द्रीय कार्यालयमा जारी बैठकले अबको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा निर्णायक निर्णय गर्ने अपेक्षा गरिएको छ।वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारको विरोधमा मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो। आन्दोलनका कारण उपचारका लागि पुगेका हजारौं बिरामी प्रत्यक्ष प्रभावित बनेका छन्।संघका केन्द्रीय
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोड घटनापछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएसँगै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले चिकित्सकमाथिको आक्रमणलाई कानूनको शासनमाथिको चुनौती भन्दै घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।आयोगका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीमाथि हिंसा हुनु जति निन्दनीय छ, त्यसैगरी अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुँदा लाखौं नागरिक उपचारबाट वञ्चित हुनु पनि संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारमाथिको प्रत्यक्ष असर हो। आयोगले स्वास्थ्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.