स्वास्थ्य

    Showing 1,961-1,970 of 2,450 items.
  • अवैध औषधी स्विकारे मन्त्रीले , नेपालको कानुनले छोएन रामदेवलाई

    काठमाण्डौ / योग गुरु रामदेव र आयुर्वेद विज्ञ आचार्य बालकृष्णको भारतीय कम्पनी पतञ्जलीले कारोना संक्रमितका लागि भनेर बनाएको विवादास्पद आर्युवेदिक औषधी स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले स्विकार गरेका छन् ।भारतमा समेत विवादमा रहेको अनि नेपालमा दर्ता नै नरहेको पतञ्जलीको कोरोनिल औषधी मन्त्री त्रिपाठीले स्विकार गरेका हुन् । पतञ्जलीले नेपालका लागि भनेर पठाएको १५ हजार कोरोनिल पतञ्जलीका प्रतिनिधिको हातबाट स्वास्थ्य मन्त्रीले नै स्वीकारेर लिएका हुन् ।पतञ्जलीले कोरोना संक्रमितका लागि भनेर बनाएको विवादित औषधी  नेपालमा दर्ता नै नभएको अनि नियमनकारी संस्थाले अनुमति नै समेत नदिएक

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 971 पटक पढिएको
  • कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

    पाँचथर / कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए ।उनका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन । “वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन”, वडाध्यक्ष नेम्वाङले भने

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 152 पटक पढिएको
  • न्यायाधीश पौडेलको संक्रमणबाट निधन

    काठमाडौं / कोरोना संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । ५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको हो ।उनको पारिवारिक स्रोतका अनुसार पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २० दिनदेखि उपचार भइरहेको थियो ।

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 163 पटक पढिएको
  • संक्रमितलाई भत्ता, मृतकका परिवारलाई आर्थिक सहयोग

    फुङ्लिङ / ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड –१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ ।यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । कोभिड –१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताए ।उनले भने, ‘कोभिड –१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौँ । कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ । त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यताअनुसार खर्च गर

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 145 पटक पढिएको
  • दमकमा थप तीन सङ्क्रमितको मृत्यु

    दमक  / झापाको दमक स्थित लाइफलाइन अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सङ्क्रमितको ज्यान गएको छ । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत छन् ।गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 507 पटक पढिएको
  • पर्सामा पाँच सङ्क्रमितको मृत्यु

    पर्सा / बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज –१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको बताए । त्यसैगरी रौतहटको गौर

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 136 पटक पढिएको
  • कोरोना नियन्त्रणका लागि वैदेशिक सहयोगको खाँचो छ : पुर्व राजा ज्ञानेन्द्र शाह (भिडियो सहित)

    काठमाण्डौं / कोरोना संक्रमण मुक्त भएपछि देशवाशीका नाममा भिडियो सन्देश जारी गरी पुर्व राजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणमा थप अन्तराष्ट्रिय सहयोगको नेपाललाई खाँचो रहेको बताएका छन् ।उनले कोरोना नियन्त्रणका लागि प्राप्त भएका अन्तराष्ट्रिय सहयोग प्रति आभार प्रकट गर्दै नेपाल र नेपालीका लागि गरेको सहयोग प्रति धन्यवाद समेत व्यक्त गरेका छन् । नारायणहिटी दरवार छाडेपछि विशेष अनि खास दिनमा देशबासीका नाममा लिखित रुपमा शन्देश दिंदै आएका पूर्वराजाले उपचारमा नै रहेकी पत्नी कमललाई समेत साथमा नै राखेर पहिलो पटक भिडियो सन्देश जारी गरी महामारी नियन्त्रणका लागि थप वैदेशिक सहयोग मागेका हुन् ।पुर्वराजा परिवार

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 244 पटक पढिएको
  • देशभर आज ५ हजार ८२५ मा कोरोना पुष्टि, ७५ मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको विवरण अनुसार १८ हजार ५ सय ६२ जनामा गरिएको पीसीआर परीक्षणबाट ५ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजारमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा कुल थपिएका संक्रमितको संख्या भने ६ हजार ८ सय २५ छ ।२४ घण्टामा मृत्यु हुनेको संख्या पनि ७५ छ । पछिल्लो समय संक्रमित सँगै मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । २४ घण्टामा ५ हजार ९ सय ४ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हज

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 276 पटक पढिएको
  • कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

    उदयपुर / कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका –७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।आज बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका का

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 359 पटक पढिएको
  • प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

    काठमाडौँ / बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड –१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ ।त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.