बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको विवरण अनुसार १८ हजार ५ सय ६२ जनामा गरिएको पीसीआर परीक्षणबाट ५ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजारमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा कुल थपिएका संक्रमितको संख्या भने ६ हजार ८ सय २५ छ ।
२४ घण्टामा मृत्यु हुनेको संख्या पनि ७५ छ । पछिल्लो समय संक्रमित सँगै मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । २४ घण्टामा ५ हजार ९ सय ४ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ छ ।