स्वास्थ्य

    Showing 1,941-1,950 of 2,450 items.
  • देशभर थप ४ हजार ४७२ जनामा संक्रमण पुष्टि, ९२ जनाको मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४७२  जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २  जनाको पिसिआर र  ५ हजार ९०१  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ३७०  जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ९५१ जना संक्रमित निको भएका छन्।  

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 233 पटक पढिएको
  • वीपी प्रतिष्ठान बचाउ अभियान : फेरि बन्यो नागरिक दवाव समुह

    धरान / सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रको बेथिती र भ्रष्टाचार अन्त्यको माग राखेर धरान आन्दोलित बनेको छ । संंचारमाध्यममा वीपी प्रतिष्ठानका विषयमा समाचार सार्वजनिक हुन थालेपछि प्रतिष्ठान सुधारको उधेष्य बोकेर सरकारलाई दबाब दिन नागरिक समाजका प्रतिनिधिको भेलाले संजाल गठन गरेको हो ।विपी प्रतिष्ठानमा कुलपति सहितका पदाधिकारी फेरिएको समयमा पनि विभिन्न माग राखेर प्रतिष्ठान भित्र आन्दोलन हुने गरेको छ । सो समयमा हुने आन्दोलनको एउटा माग पनि प्रतिष्ठान भित्रको वेथिति र भ्रष्टाचार अन्त्यको हुने गर्दछ । तर पनि वीपी भित्रको भ्रष्टाचार र बेथिति अन्त्यका लागि ति आन्दोलन अनि सो स

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 290 पटक पढिएको
  • सन् २०२१ को अन्त्यसम्म चीनमा ७० प्रतिशतलाई खोप

    बेइजिङ(एजेन्सी) चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड –१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड –१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको जनाएको छ ।  खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए । आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी ड

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 161 पटक पढिएको
  • ‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

    काठमाडौँ / सरकारले कोभिड –१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 252 पटक पढिएको
  • कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना

    बाँके / नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारी अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले  दुई हजार २०० रुपैयाँ परेको अक्सिमिटर तीन हजार एक सय रुपैयाँमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही २०

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 228 पटक पढिएको
  • सङ्क्रमण घटेपछी ओपिडी सेवा पुन: सञ्चालन

    राँझा / कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै  आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए । उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमित नभएका दुबैको उपचार सेवा नियमित गर्नेछ । यस

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 154 पटक पढिएको
  • वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

    काठमाडौँ / महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ङ्गलाई बधाई तथा ज्ञापन पत्र दिँदै डिएलएले कानून व्यवसायीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो ।  डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनको बेलामा पनि अदालत जानुपर्ने भएकाले कानून व्यवसायीहरुलाई सङ्क्रमणको खतरा बढिर

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 169 पटक पढिएको
  • प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाईने

    विराटनगर / प्रदेश १ मा ७० हजारलाई कोभिड –१९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड –१९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार २४ गते सम्म प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्तीमा आएको खोपलाई जिल्ला–जिल्लामा पठाउने काम भईरहेको उनले बता

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 374 पटक पढिएको
  • देशभर थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि, ९९ जनाको मृत्यु

    काठमाडौँ / पछिल्लो २४ घन्टामा ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार २४ पिसिआर प्रविधिमार्फत तथा चार सय ५५ जना एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको हो । २४ घन्टामा संक्रमणदर २८.९ प्रतिशत छ ।पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट १० हजार १७४ तथा एन्टिजेनबाट ३ हजार ३६२ को परीक्षण गरेको थियो । यो अवधिमा ९९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार ४७ जिल्लामा संक्रिय संक्रमितको संख्या पाँच सय भन्दा धेरै छ ।त्यस्तै, उपत्यकामा ११३१ जनामा संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 123 पटक पढिएको
  • भारतमा दुई महिनायताकै सबैभन्दा कम संक्रमण, मृत्यु संख्यामा पनि कमी

    काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा एक लाख १४ हजार जनाामा कोरोना संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो । भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमण मुक्त भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६७७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ । यो सहित भारतमा कोभिड –१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन ला

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.