धरान / सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रको बेथिती र भ्रष्टाचार अन्त्यको माग राखेर धरान आन्दोलित बनेको छ । संंचारमाध्यममा वीपी प्रतिष्ठानका विषयमा समाचार सार्वजनिक हुन थालेपछि प्रतिष्ठान सुधारको उधेष्य बोकेर सरकारलाई दबाब दिन नागरिक समाजका प्रतिनिधिको भेलाले संजाल गठन गरेको हो ।

विपी प्रतिष्ठानमा कुलपति सहितका पदाधिकारी फेरिएको समयमा पनि विभिन्न माग राखेर प्रतिष्ठान भित्र आन्दोलन हुने गरेको छ । सो समयमा हुने आन्दोलनको एउटा माग पनि प्रतिष्ठान भित्रको वेथिति र भ्रष्टाचार अन्त्यको हुने गर्दछ । तर पनि वीपी भित्रको भ्रष्टाचार र बेथिति अन्त्यका लागि ति आन्दोलन अनि सो समयमा बनेका नागरिक समाजको दबाब समुहले गरेका खबरदारीले अहिले सम्म पनि परिणाम दिन सकेको छैन । विगतका आन्दोलन र नागरीक समाजको खबरदारी निरर्थक बनेको तितो यर्थाथ सम्झाउने गरी धरानमा यति वेला वीपी बचाउनका लागि भन्दै दबाब समुह बनाएर आन्दोलन सुरु भएको छ ।

OM Sai Pathibhara Hospital

विगत एक दशक यता वीपी प्रतिष्ठानको बेथिति र भ्रष्टाचार अन्त्यको माग राखेर तिन पटक नागरिक स्तरबाट दबाब समुह बनेका छन् । ति दबाब समुहको आन्दोलन अनि दबाब निरर्थक बनेका बेला यति बेला बनेको दबाब समुहमा भने प्रतिष्ठानमा नै लामो समय सेवा गरेका र प्रतिष्ठान भित्रको आन्तरिक राजनितिमा प्रभावशाली बनेर आफ्नो सेवा अवधि विताएका कर्मचारीसमेत रहेका छन् ।

प्रतिष्ठान भित्रका अनेक आन्तरिक क्रियाकलाप , बेथिति र भ्रष्टाचारका विषयमा जानकार रहेका पुर्व कर्मचारी समेतको सहभागितामा बनेको संघर्ष समितिले ठोस परिणाम निकाल्ने अनि कोमामा पुगेको वीपी प्रतिष्ठानलाई सामान्य बनाउने धरान अनि धरानवासीले आसा अनि भरोसा बोकेका छन् । विगतका असफल नागरिक दबाब समुहका विषयमा जानकारले यो पटक सुरु भएको नागरीक आन्दोलनले ठोस परिणाम दिने आसा अनि भरोसा समेत गरेका छन् ।

धरानको स्थानिय सरकार , राजनितिक दल र नागरीक समाजका अगुवाको बृहत भेलाले बनाएको दबाब सञ्जालले बेथिति र भ्रष्टाचार अन्त्यका लागि सुरु भएको अभियानलाई बेथिति र भ्रष्टाचार अन्त्य नहुन्जेल निरन्तरता दिने घोषणा गरेको छ ।

सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै दबाब सञ्जालले प्रतिष्ठानको विकृति, विसंगति र बेथितीहरुको अन्त्य नभएसम्म अभियान जारी राख्ने घोषणा गरेको हो ।

दबाब सञ्जालका संयोजक डा.राजेन्द्र शर्माले विगतमा पनि वीपी प्रतिष्ठानको समस्याहरुलाई पटक–पटक उठान भएको स्मरण गर्दै ती विकृति र विसंगतिहरु सुधार भएर सेवाहरु चुस्त हुनुको सट्टा झन् झन् विकृत हुदै गएको स्विकार समेत गरेका छन्  । उनले आम जनताको तहबाट उठेका गुनासोहरुको खोजी गर्न, चिरफार गर्न र सेवा चुस्त दुरुस्त बनाउने आफुहरुको एउटै लक्ष्य रहेको भन्दै सो विषयमा प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

कमिशनको कारण गुणस्तरहीन रिएजेन्ट किट प्रयोग भईरहेको र उपचारमा चाहिने उपकरण तथा  मेशिन गुणस्तर नभएका अनि काम नै नलाग्ने खरिद गरेर वीपीलाई होचो बनाएर निजी अस्पताललाई अग्लो बनाउने काम भईरहेको समेत शर्माले दावी गरेका छन् । वीपी भित्रको भ्रष्टाचार र बेथिति उत्कर्षमा पुगेको बताउँदै शर्माले भने – मुलुक चलेजसरी नै वीपी प्रतिष्ठान पनि चलेको भन्दै संयोजक शर्माले सुधारको लहरो केन्द्रसम्म गाँसिने छ ।

तीन चरणको कार्यक्रम गर्ने जानकारी गराउँदै पत्रकार सम्मेलनमा शर्माले  संवाद पहिलो चरण, अनुसन्धान दोस्रो चरण र तेस्रोमा नागरिक स्तरबाट कारबाहीसम्ममा  जाने घोषणा समेत गरेका छन् ।