बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४७२  जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभरका प्रयोगशालामा १२ हजार २  जनाको पिसिआर र  ५ हजार ९०१  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ३७०  जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ९५१ जना संक्रमित निको भएका छन्।