बेइजिङ(एजेन्सी) चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड –१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।
आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड –१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको जनाएको छ ।
खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए ।
आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ ।