काभ्रेपलाञ्चोक / एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट जिल्लामा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन्। कुकुरको टोकाइबाट हुने रेबिजबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।पशु सेवा विभागका महानिर्देशक दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रेबिजमुक्त जिल्ला बनाउन स्थानीय जनप्रतिनिधिलाई प्रेरित गरेका थिए। प्रतिबद्धतापत्रमा रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत, साधन, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर
काठमाडौं / गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ।भारतको सेरम इन्स्टिच्युटसँग गत फागुन ५ गते २० लाख डोज खोप खरिदका लागि रकम पठाएको मध्ये १० लाख डोज खोप मात्र नेपाल आइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप लगभग शनिबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘कुन बार भन्ने अझै तय भइसकेको छैन तर शनिबारसम्म खोप आइपुग्ने कुरा भएको छ,’ व्यवस्थापन महाशाखा स्रोतले भन्यो।भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने २० लाख डोज सरकारले खरिद गरेको थियो।
कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा झाडापखालाका बिरामीलाई बाहिरै राखेर उपचार गरिँदै छ । शिवराज अस्पतालमा बेडको अभाव भएपछि झाडापखालाका बिरामीलाई अस्पताल परिसरमा राखेर उपचार गरिएको हो । शिवराज अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताएका छन् ।
काठमाडौँ / सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड(१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ हुँदै गरेको आकस्मिक कक्ष, नयाँ बन्दै गरेको भवन, कोभिड ब्लक, नयाँ आइसियुदेखि अस्पतालको समग्र अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। अस्पतालले कोभिड महामारीमा गरेको
बिर्तामोड / आज देशभर थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार ९६८ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ११ हजार ५८२ जनाको पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।नेपालमा हालसम्म को
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त
बिर्तामोड / सामाजिक सेवामा सक्रिय रहँदै आएको भारतीय गोर्खा भूतपूर्व सैनिक संघले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।संघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा १०५ जनाले विभिन्न रोगको जाँच गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए ।स्वास्थ्य शिविरमा सङ्घमा आबद्ध मात्र नभई सर्वसाधारण सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको शिविरमा बालबालिका, वयस्क र ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।शिविरमा फिजिसियन, बालरोग, स्त्रीरोग लगायतका विशेषज्ञ चिकित्सकले जाँच गरेका थिए । शिविरमा सेवा लिएका बिरामीलाई
कपिलवस्तु / कपिलवस्तुमा झाडा पखालाका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा पाँच वर्षीय बालक राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका छन् । अहिले कृष्णनगर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । वडाभरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता
चितवन / चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन्।उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतप
बिर्तामोड / आज देशभर थप १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १५ हजार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.