स्वास्थ्य

    Showing 1,181-1,190 of 2,138 items.
  • उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटे

    काठमाडौँ /  काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ । काठमाडौँ उपत्यकाका ३२ लाख

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 114 पटक पढिएको
  • भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार

    काठमाडौँ / भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । कोरोना महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा उक्त अस्पतालले निशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको हो । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए । कोरोना महामारी र सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा ल

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 141 पटक पढिएको
  • नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

    काठमाडौं / नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।उनी उपचारका लागि आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड प्रस्थान गरेकी छन् ।पुन दम्पत्ति आज बिहान ७ बजेको फ्लाइटबाट उडेका छन । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेका पुन बंशाणुगत जण्डिसबाट पीडित छन् ।वरिष्ठ चिकित्सकको सुझाव अनुसार नेता पुन बैंकक प्रस्थान गरेका हुन् । उनको यसअघि २०७२ मा पनि यही रोगको उपचार थाइल्याण्डमै गरिएको थियो ।

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 107 पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट: थप ३०२ जनामा संक्रमण पुष्टि, ५को मृत्यु

    बिर्तामोड / प्रदेश एकमा आज थप ३०२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा ३–३, उदयपुरमा २, ओखलढुङ्गा, ताप्लेजुङ, तेहृथुम, संखुवासभा, भोजपुर र खोटाङमा १–१ जनामा संक्रमण भएको हो ।झापाको दमकमा १४, विर्तामोडमा १३, अर्जुनधारामा १०, मेचीनगरमा ९, कनकाई र कमल गाउँपालिकामा ७–७, शिवसताक्षीमा ६, भद्रपुरमा ५, बुद्धशान्तिमा ३, कचनकवल र झापा गाउँपालिकामा २–२, बाहृदश

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 118 पटक पढिएको
  • ताप्लेजुङमा अक्सिजन उत्पादन कार्य सुरु

    ताप्लेजुङ / ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो ।नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले  अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका  सूचना अधिकारी विजया राईले बबताएका छन् । कतिपय बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकोमा अहिले अस्पतालमै  अक्सिजन उत्पादन हुन थालेकोले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उनको भनाइ रहेको थियो ।  ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले रु ७१ लाख ५० हजारको लागतमा प्लान्ट

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 123 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ३२७ जनामा कोरोना संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा  १२६ महिला र ११४  पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्य

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 269 पटक पढिएको
  • देशभर आज थप एक हजार २८२ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभरका १५ हजार ४८८ जनाको कोरोना परीक्षण गर्दा एक हजार दुई सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप सात जनाको मृत्यु भएको छ भने यो सँगै मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ । यस्तै हाल १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन्।

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 115 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८,  भोजपुरमा १, खोटाङ, संखुवासभा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा  १६१ महिला र १४६  पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 120 पटक पढिएको
  • देशभर थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर एक हजार २७९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ।देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १७ हजार ८१३ होम आइसोलेसनमा रहेका छन्। 

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 120 पटक पढिएको
  • आज देशभर थप ९५३ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

    बिर्तामोड / आज देशभर थप नौ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ५० जनाको पीसीआर परीक्षणमा गर्दा ७९० जना र ३ हजार ५२९ जनाको एन्टिजेन परीक्षणमा १६३ जना गरी जम्मा ९५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन् भने एक हजार तीन सय ७१ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 129 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा