बिर्तामोड / नेपालमा पहिलोपटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । 

काठमाडौंको बाँसबारीस्थित ‘शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र’ले देशमै पहिलोपटक छाती नचिरी मुटुमा भल्ब राखिएको हो ।

OM Sai Pathibhara Hospital

चिकित्सकका अनुसार ट्रान्सक्याथेटर अर्डिक पद्धतिमार्फत मुटुको भल्ब फेरिएको हो, जसमा छाती चिरिरहनु पर्दैन । 

८० वर्षीया महिलाको मुटुको सफल उपचार गरिएको अस्पतालले जनाएको छ । 
चिकित्सकका अनुसार यस पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट विशेष किसिमको तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मीत भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने भएकाले बिरामी चाँडै तंग्रिने चिकित्सकले बताएका छन् । अपरेसन गर्न नपर्ने भएकाले बिरामीलाई चाँडै डिस्चार्ज पनि गर्न सकिन्छ । 

सन् २००२ देखि यो उपचार पद्धतिको अध्ययन गरिएको र हाल ८० वर्षभन्दा कम उमेरमा यो उपचार विधि प्रयोग नगरिने अस्पतालका चिकित्सकले बताएका छन्। यस उपचार पद्धतिको थप अध्ययन जारी छ ।