बिर्तामोड / नेपालमा पहिलोपटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
चिकित्सकका अनुसार ट्रान्सक्याथेटर अर्डिक पद्धतिमार्फत मुटुको भल्ब फेरिएको हो, जसमा छाती चिरिरहनु पर्दैन ।
प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने भएकाले बिरामी चाँडै तंग्रिने चिकित्सकले बताएका छन् । अपरेसन गर्न नपर्ने भएकाले बिरामीलाई चाँडै डिस्चार्ज पनि गर्न सकिन्छ ।
सन् २००२ देखि यो उपचार पद्धतिको अध्ययन गरिएको र हाल ८० वर्षभन्दा कम उमेरमा यो उपचार विधि प्रयोग नगरिने अस्पतालका चिकित्सकले बताएका छन्। यस उपचार पद्धतिको थप अध्ययन जारी छ ।





































