शिक्षा

    Showing 11-20 of 1,009 items.
  • त्रिविको प्रश्नपत्र ‘भाइरल’ गर्ने जालो खुल्यो, शिक्षकदेखि परीक्षा हलमै बसेका विद्यार्थीसम्म मुद्दा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा चलिरहेकै बेला बाहिरिएको घटनाले अब कानुनी रूप लिएको छ। प्रश्नपत्र चुहावटमा संलग्न रहेको आरोपमा शिक्षक र विद्यार्थीसहित सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अभियोगपत्र दायर गरेको हो। घटनाको अनुसन्धानले प्रश्नपत्र बाहिरिनुमा केवल बाह्य व्यक्तिको भूमिका नभई परीक्षा हलभित्र रहेका विद्यार्थीसमेत संलग्न रहेको देखाएको छ। प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमिका ३३ वर्षीय शिक्षक सन्दीप सिंहलाई अघि सारिएको छ। उनी

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 127 पटक पढिएको
  • संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँ: शिक्षामन्त्री पोखरेल

    काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् । मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै शिक्षामन्त्रीका रूपमा पदबहाली गरेदेखि नै आफूले शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न ‘सुन्ने र सिक्ने’ शैली अपनाउँदै आएको उनले बताए । पहिलो १०० दिनमा तत्कालीन सुधार र सुशासनका लागि आवश्यक केही नियम तथा निर्देशिकामा काम गरिएको र अब मन्त्रालयको प्राथमिकता नयाँ शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन तथा उच्च शिक्षामा समसामयिक सुधारमा केन्द्रित रहेको उनको भनाइ छ ।यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाह

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 200 पटक पढिएको
  • विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं— अमेरिकाको भर्जिनिया राज्यस्थित भर्जिनिया स्टेट युनिभर्सिटीको परिसरमा गोली चल्दा कम्तीमा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विश्वविद्यालय प्रहरीले जनाएको छ ।भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी विभागका अनुसार विश्वविद्यालयको क्वाड एनेक्सेस क्षेत्रमा गोली चलेको हो । घटनापछि विश्वविद्यालयमा लगाइएको लकडाउन हटाइए पनि अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।विश्वविद्यालयका अनुसार शनिबार बिहान करिब १ः२८ बजे बोइसाउ स्ट्रिटको ३३००० ब्लकमा रहेको विश्वविद्यालयका छात्रावासबाहिर गोली लागेका पाँच जना फेला परेका थिए । उनीहरू सबैलाई उपचारका लागि नजि

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 406 पटक पढिएको
  • ब्रिटिश मोडल कलेजका विद्यार्थीहरूले निकाले उत्कृष्ट क्याम्ब्रिज परीक्षा नतिजा

    काठमाडौं /  ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज बीएमसीले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट नतिजा निकालेको छ ।‘मे–जुन एक्जामिनेसन सिरिज–२०२६’मा सहभागी भएका १०६ जना विद्यार्थीमध्ये ९४ प्रतिशत विद्यार्थी उत्तिर्ण भइ उत्कृष्ट नजिता दिएका हुन् । नतिजाअनुसार सात जना विद्यार्थीले लगातार एप्लस र ३३ जना विद्यार्थीले लगातार ए ग्रेड हासिल गरेका छन् । कलेजका अनुसार विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता तथा कलेजले प्रदान गर्दै आएको सहयोगी सिकाइ वातावरणलाई प्रतिबिम्बित गरेको छ । उक्त उपलब्धि विद्यार्थीहरूको महिनौंदेखिको निरन्तर तय

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 203 पटक पढिएको
  • शिक्षक महासंघको नेतृत्वमा ‘प्रतिनिधि’ होइन, अब देशभरका शिक्षकले भोट हाल्ने

    काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्व चयनमा लामो समयदेखि रहँदै आएको प्रतिनिधिमूलक प्रणाली हटाएर अब देशभरका शिक्षकलाई नै प्रत्यक्ष मतदानको अधिकार दिने तयारी सरकारले थालेको छ।शिक्षा मन्त्रालयले महासंघको विधान संशोधनको मस्यौदा अघि बढाउँदै संगठनमा आबद्ध नभएका शिक्षकलाई समेत नेतृत्व चयनमा सहभागी गराउने नयाँ व्यवस्था प्रस्ताव गरेको हो। प्रस्ताव कार्यान्वयन भए महासंघको अध्यक्षसहित नेतृत्व छान्न देशभरका शिक्षकले प्रत्यक्ष मतदान गर्न पाउनेछन्।शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अहिले केही शिक्षक संघ–संगठनले तोकेका प्रतिनिधिमार्फत महासंघको नेतृत्व चयन हुने भएकाले ठूलो संख्यामा शिक्षक प्रत्यक्ष निर्ण

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 111 पटक पढिएको
  • वालिङ नगरपालिकाको ‘गुलाबी सहर’

    स्याङ्जा, साउन २९ गते । स्मार्ट सिटीको अवधारणामा अघि बढिरहेको स्याङ्जाको वालिङ नगरपालिकाको अर्को पहिचान बनेको छ ‘गुलाबी सहर’ । नगरक्षेत्रका करिब ८० प्रतिशत घरमा गुलाबी रङ पोतिएको वालिङमा अब यही रङ विद्यालयका विद्यार्थीको पोसाकमा समेत पुगेको छ ।नगरपालिकाले यहाँका ५९ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब तीन हजार ९२ विद्यार्थीका लागि गुलाबी पोसाक लागु गरेको हो । घरका भित्तादेखि विद्यालयका पोसाकसम्म विस्तार भएको गुलाबी अभियानलाई नगरपालिकाले स्थानीय पहिचानसँगै समानता, एकता र सहिष्णुताको भावनासँग जोडेको छ ।गुलाबी रङ सामान्यतः प्रेम, करुणा, सद्भाव, आत्मीयता र सकारात्मक भावनासँग

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 242 पटक पढिएको
  • जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

    दमौली। तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको हो । उक्त भवनको २०८० साल असोज ९ गते शिलान्यास गरिएको थियो । सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमूना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिएको भवनले विद्यार्थीका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न सहयोग पुर्याउने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार रु ९४ लाख ५७ हजारको ला

    • प्रकाशित मितिः साउन २९, २०८३
    • 255 पटक पढिएको
  • समावेशी शिक्षा र बाल मानसिक स्वास्थ्य सुधारमा सरकारको जोड

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा र बाल मानसिक स्वास्थ्य सेवाको सुदृढीकरणलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन्। नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था, सेवा विस्तार तथा नीतिगत सुधारका विषयमा सरोकारवालासँग भएको छलफलमा उनले समावेशी शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिने स्पष्ट पारे। शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार, गैरसरकारी संस्था, मनोवैज्ञानिक, थेरापिस्ट, विशेष शिक्षा विज्ञ, अपाङ्गता क्षेत्रमा कार्यरत संस्था तथा अभिभावक समूहका प्रतिनिधिको सहभागिता रहेको थियो।छलफलमा न्यूरोविक

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 138 पटक पढिएको
  • आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

    जनकपुर / वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी सूचनामा डा। विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख ग

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 149 पटक पढिएको
  • सीटीईभीटीमा श्रमिकको विद्रोह : ७४ जनाको रोजगारी फर्काउन माग गर्दै केन्द्रीय कार्यालय घेराउ

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार तथा ज्यालादारी श्रमिकहरू रोजगारी सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन्। उनीहरूले सानोठिमीस्थित सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गर्दै आफूहरूको माग तत्काल सम्बोधन गर्न व्यवस्थापनमाथि दबाब बढाएका छन्।करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई तत्काल पुनः काममा फर्काउनुपर्ने मुख्य माग अघि सारेको छ।समितिका अनुसार लामो समयदेखि परिषद्मा काम गर्दै आएका श्रमिकको रोजगारी नै अनिश्चित बनेपछि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको हो। उनीहरूले आफूहरूलाई हाल कार्यरत पदमै न

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.